दफा १८
अनुसन्धान वा जाँचबुझको सिलसिलामा तयार भएका लिखत
कुनै काम, घटना वा अवस्थाका सम्वन्धमा भएको अनुसन्धान वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानुनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ ।
तर, (क) शव परीक्षण प्रतिवेदन (अटप्सी रिपोर्ट) मा सम्वन्धित विशेषज्ञले उल्लेख गरेको कुनै कुराका सम्वन्धमा मुद्दाका पक्षहरूका बीचमा कुनै विवाद नभएमा वा सो कुरा मिसिलमा देखापरेको कुनै प्रमाण वा कुनै वस्तुस्थितिसँग असंगत नदेखिएमा सो विशेषज्ञ अदालतमा उपस्थित नभए पनि सो कुरा प्रमाणमा लिन हुन्छ ।
(ख) सम्बन्धित व्यक्ति अदालतमा उपस्थित भई बकपत्र गरिसकेको नभए तापनि थुनछेक प्रयोजजको लागि कानून बमोजिम अधिकारप्राप्त अधिकारीले संकलन गरेका कागजात, लिखत, मुचुल्का, दशी प्रमाण, कुनै बिषयको परीक्षण प्रतिवेदन, विशेषज्ञको राय वा प्रतिवेदन, विद्युतीय प्रमाण वा बयान आदि तत्काल प्राप्त प्रमाणको रुपमा प्रमाणमा लिन हुन्छ।